जय किसन ‘१२ मासे’ बनेर जेठ ११ मा आउंदै


सेलिब्रेटी नेपाल काठमाडौँ

नक्कली प्रचण्डको नामले परिचित हास्यकलाकार प्रदीप पाठकको निर्माणमा बनेको चलचित्र ‘१२ मासे’ को सम्पादन सकिएर हाल डबिङको कार्य भई रहेको छ । स्टेज तथा सिरियलमा प्रचण्डको हुबहु स्वर निकालेर दर्शकलाई मनोरञ्जन दिन सफल प्रदीपको यो पहिलो चलचित्र निर्माणको प्रयास हो । ५० लाखको बजेटमा तयार यो चलचित्र सुटिङ गर्न झण्डै १ महिना लाग्यो । काठमाडौं, भक्तपुर, काभ्रे र सिन्धुलीमा यो चलचित्र छायांकन गरिएको हो ।

सिरियल निर्देशनमा अब्बल लय सङ्ग्रौलाले यो चलचित्रको निर्देशन गरेका हुन् । आमा पार्वती देवी फिल्मस् प्रोडक्शन प्रस्तुत कमेडी जनराको चलचित्र ‘१२ मासे’ मा जयकिशन बस्नेत, पुजना प्रधान, पुरन थापा, मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’, प्रदीप पाठक लगायत कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र आगामी २०७५ सालको जेष्ठ ११ गते रिलिजमा आउने प्रदीपले जानकारी दिए ।

Copyright © 2012 - 2026 | All Right Reserved.