कलाकार तथा निर्देशक राजेन्द्र खड्गी जेल चलान


सेलिब्रेटी नेपाल काठमाडौँ
कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी जेल चलान भएका छन्। विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पुर्‍याएको आरोपमा जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

जिल्ला न्यायाधीश टेकनारायण पौडेलको इजलासले खड्गीलाई जेल चलान गर्न आदेश दिएको हो। उनलाई अहिले केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ। सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गीले १२ जना नेपालीलाई कोरिया पुर्याएका थिए। तर ती मध्ये दुई जना मात्र नेपाल फर्किएका थिए भने अन्य १० जना उतै बेपत्ता भएका थिए।

खड्गीसँगै कोरिया गएका श्रीप्रसाद राना, निमा शेर्पा, कालु लामालगाएतका ११ जना नेपाल नफर्किएपछि नेपालस्थित कोरियन दूतावासले प्रहरीमा उजुरी गरेको थियो । उजुरी पछि मुख्य नाइके एवम् उनीहरुलाई कोरिया भिसा लगाउँदा जमानी बसेका खड्गीलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको ब्यूरोका प्रमुख डिआईजी पुष्कर कार्कीले बताएका छन् । अब खड्गी माथि लागेको आरोप प्रमाणित भएमा उनी बढीमा २० वर्षसम्म जेल बस्नु पर्ने हुन्छ ।

केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहँदा खड्गीले आफ्ना गुरूको डकुमेन्ट्री बनाउने क्रममा आफ्ना साथीहरूले धोका दिएकाले आफू जेलमा बस्नुपरेको सञ्चार माध्यमलाई बताएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.