‘जय शम्भु’ महँगो सेट लगाएर एक्सन दृश्य खिच्दै


सेलिब्रेटी नेपाल काठमाडौँ

केही दिन अघि एक औपचारिक घोषणा गरेको चलचित्र ‘जय शम्भु’ को यति बेला छायांकन भईरहेको छ ।
शुरुमा चलचित्रका मूख्य कलाकारहरु अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र बर्षा शिवाकोटीको परिचयात्मक एकशन दृश्य खिचिएको हो । चलचित्रको छायांकन एक साथ चार क्यामराले भईरहेको छ ।चलचित्रमा रेड ४ दशमलव ५ के २ वटा, गोप्रो ४ के १ वटा र फ्लाटोन ४ के ड्रोन एउटा प्रयोग गरिएको छ । चलचित्र निर्माण टिमले एक्शन र गीतमा मात्र नभई पुरै चलचित्रमा चार क्यामरा प्रयोग हुने बताईएको छ ।
उक्त एक्शन सिनको लागि लाखौं खर्च गरेर सेट तयार पारिएको छ । सेट तयार पार्न १० लाख बढि खर्च भएको र सेटसँगै महँगो प्रोपर्टि राखिएको छ । सेटको लागि ३ वटा पुराना कार र एउटा जिप खरिद गरिएको निर्माण पक्षले जानकारी गराएको छ ।

एक्शन कोरियोग्राफर श्री श्रेष्ठले चलचित्रमा एक्शनको नयाँ अपडेट शुरु गर्न लागिएको बताएका छन् । चलचित्रका निर्देशक रुपेश तामाङले हाल एक्शनका दृश्य भईरहेको र एक्शन पुरै बलिउडकै स्टाईलमा नेपालमा पहिलो पटक खिच्न लागेको दावी गरेका छन् । हाल मूख्य कलाकारहरु अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र बर्षा शिवाकोटीको एक्शन दृश्य भईरहेको छ । चलचित्रको ८० प्रतिशत बढि दृश्य काठमाडौंमा खिचिने छ भने बाँकी अन्नपूर्ण बेसक्याम्पमा खिचिने योजना रहेको छ । प्रस्तुतकर्ता दिनेश शाही रहेको जय शम्भुमा निर्माता अरविन्द्र शाक्य छन् भने कार्यकारी निर्माता राजकुमार नगरकोटी र चक्र पाख्रिन छन् । फिल्मलाई हरि घले लामाले खिचिरहेका छन् भने प्रोडक्शन डिजाईनर शंकर बस्नेत रहेका हुन् । चलचित्र नयाँ बर्षको श्रावण १ मा रिलिज हुने बताईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.