‘भोर’ पोस्टर सार्वजनिक बैशाखमा प्रदर्शनमा आउने


सेलिब्रेटी नेपाल काठमाडौँ

रंगिन पर्व फागु पुर्णिमा ‘होली’ को अबसर पारेर चलचित्र ‘भोर’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । तराई भेगमा विद्धमान दाइजो प्रथाको यथार्थ कथालाई पर्दामा उतार्न खोजेको निर्माण टिमले पोस्टर रिलिजसँगै प्रदर्शन मिति पनि घोषणा गरेको छ । चलचित्र आगामी बैशाख २१ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

यसअघि सय बर्ष पहिलेको सति प्रथाको विषयमा चलचित्र ‘झोला’ निर्माण गरेर प्रशंसा पाएको टिमले नै ‘भोर’ लाई निर्माण गरेको हो । सार्वजनिक पोस्टरमा लिड अभिनेत्री डली सरकार बेहुलीको भेषमा प्रस्तुत छिन भने व्याकग्राउण्डमा जानकी मन्दिरलाई देखाइएको छ । सँगसँगै एक वृद्धले उनै डलीलाई साईकलमा हिडाउँदै गरेको समेत देखाईएको छ । जनकपुरमा परस्परागत रुपमा फागु पुर्णिमाको छेकोमा हुँदै आएको महामुर्ख सम्मेलनमा निर्देशक यादवकुमार भट्टराईले चलचित्रको पोस्टर सार्वजनिक गरे, रिलिज मिति पनि घोषणा गरे ।

पोस्टरमा माथी उल्लेखित दृश्यहरु समावेश हुँदा फिल्मको मुख्य विषयसँग जोडिएको नारीको बिहे र त्यससँग जोडिने दाईजोको पक्ष नै फिल्मको मुख्य विषयवस्तु रहेको थप प्रष्टिन्छ । निर्देशक भट्टराईले दाइजोलाई महिला हिंसाको रुपमा नलिएर मानव हिंसाको रुपमा लिनु पर्ने भन्दै यो पटक पनि नेपाली समाजको यथार्थतालाई लिएर दर्शकमाझ आउन लागेको बताए ।

कृष्ण धाराबासीको लेखनमा तयार भएको चलचित्रमा रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेना, बि एन पटेल, डली सरकार, प्रमेश झा, बटुक राज मिश्र, अनिता देव, पुजा कर्ण लगायत कलाकारहरु मुख्य भूमिकामा रहेका छन् । चलचित्रका कार्यकारी निर्माता देबेन्द्र प्रसाद सुवेदी हुन् । चलचित्रमा किसन अर्यालको मुख्य सहायक निर्देशन रहेको छ । दिपक बज्राचार्यले छायाँकन गरेको चलचित्रका निर्माता राज तिमल्सिना र राम गोपाल थापा हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.