‘मंगलम’ टिम चितवनमा शिल्पा र पुष्प चलचित्र चल्नेमा बिस्वस्त


सेलिब्रेटी नेपाल चितवन

निर्माता छविराज ओझाद्वारा निर्मित चलचित्र ‘मंगलम’ टिम यति बेला मोफसल प्रचार प्रसारको क्रममा चितवनमा पुगेको छ । निर्माता छविराजसँगै निर्देशक नवल नेपाल, अभिनेत्री शिल्पा पोख्रेल, नायक पुष्प खड्का लगायतको यूनिटले चितवनमा आयोजित पत्रकार भेटघाटमा चलचित्रको बारेमा जानकारी गराउनुका साथै चलचित्रका बिषयमा पत्रकारहरुले सोधेका विभिन्न प्रश्नहरुको उत्तर पनि दिएका छन् । चलचित्र यूनिट धरानबाट इटहरी, दमक, बिर्तामोड, चितवन, हेटौँडा हुँदै चितवनमा पुगेको हो ।

नवल नेपाल निर्देशित चलचित्रले पारिवारिक प्रेम कथालाई बोलेको छ । चलचित्रको बारेमा विभिन्न प्रश्नहरुको उत्तर दिने क्रममा निर्माता ओझाले आफ्नो २३ औं चलचित्र आफुलाई चुनाती रहेको बताए आफुले निर्माण गरेका २२ चलचित्रमा थुप्रै चलचित्र एक्सन थिए यो चलचित्र बिसुद्द पारिवारिक चलचित्र भएकोले अझै चुनाती रहेको खुलाए निर्देशक नवल नेपालले चलचित्र पूर्ण मनोरन्जनात्मक बनेको र दर्शकको २ घण्टा समय रमाइलो गरि बित्ने बताए ।

नायिका तथा निर्मात्री शिल्पा पोखरेल चलचित्रबाट निकै आशाबादी रहेको बताईन नायक पुष्प खड्का आफुले यस चलचित्रमा अलिक फरक भूमिकामा देखिएकोले चलचित्र चल्नेमा आशाबादी देखिएका छन् । चलचित्रमा शिल्पा, पुष्पसँगै नायक पृथ्वीराज प्रसाईँ, नीर शाह, मिथिला शर्मा मुख्य भूमिकामा छन् भने, नायिका साम्राज्ञी केमियो भूमिकामा छिन् । चलचित्र फागुन २५ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँदैछ । चलचित्रको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् । ‘मंगलम’ मा विष्णु घिमिरेको छायांकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा रहेको छ । चलचित्रको ‘पर्ख पर्ख मायालु’ बोलको गीत हिट भई सकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.