‘ब्ल्याक’ फर्स्टलुक पोस्टरमा आँचल र आकाशको प्रेम झल्कियो


सेलिब्रेटी नेपाल काठमाडौँ

आँचल शर्मा र आकाश श्रेष्ठ अभिनित चलचित्र ‘ब्ल्याक’को फर्स्टलुक पोस्टर सार्बजनिक गरिएको छ । आश्मा फिल्मस् प्रालीले आगामी जेठ ११ लाई आधिकारिक प्रदर्शन मिति तय गर्दै पोस्टर सार्बजनिक गरेको हो । सार्वजनिक पोस्टरमा आँचल र आकाश प्रेमभावमा देखिन्छन् । निर्माण टिमले मुख्य दुई कलाकार मात्रै फिचर भएको पोस्टर सार्वजनिक गर्दै नयाँ पुस्ताका दर्शकमाझ आफ्नो फिल्मलाई उभ्याउन खोजेको छ ।

आश्मा पाण्डेको निर्माणमा बनेको चलचित्रको पोस्टर रिलिजसँगै औपचारिक रुपमा प्रचार प्रसारको थालनी गरिएको निर्देशक श्रेष्ठले बताए । ‘पछिल्लो समय नेपाली चलचित्रप्रति आकर्षित भइरहेको र निरन्तर हेरिरहेका दर्शकको मनोभावना बुझ्नेगरी चलचित्र तयार गरेका छौँ, निर्देशक श्रेष्ठले भने, ‘हाम्रो चलचित्रले आजसम्म हलमा नपुगेका नयाँ दर्शकलाई समेत आकर्षण गर्नेछ ।’

एक्सन लभस्टोरी जनराको चलचित्र मौनता श्रेष्ठको लेखनमा तयार भएको हो । प्रदिप श्रेष्ठ निर्देशित ‘ब्ल्याक’मा महेश खड्का र प्रतिक पौडेलको संगीत रहेको छ भने द्वन्द्व निर्देशन चन्द्र पन्तले गरेका छन् । चेतनकुमार पाण्डे चलचित्रका कार्यकारी निर्माता हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.