गायिका सुशीलाको जन्मदिनमा उपहार स्वरुप ‘सानीलाई’ सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका शुशिला पाठकले आफ्ना दर्शक श्रोताहरुको लागि भनेर आफ्नो जन्मदिनको अबसरमा म्युजिक भिडियो सार्बजानिक गरेकी छिन । आफुलाई सांगीतिक क्षेत्रमा अब्बल गायिका बनाउने दौडमा रहेकी गायिकाले जन्मदिनको अवसर पारेर आफ्ना फ्यान फलोअर्स र शुभेच्छुकका लागि उपहार भन्दै आफ्नै स्वर तथा अभिनय रहेको म्यूजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

समाजका विभिन्न बरिष्ट व्यक्तित्वहरु, संगीत तथा पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्वहरु लगायत परिवार र नजिकका साथीभाईहरुको उपस्थितिमा गायिका शुशिलाले केक पनि काटेकी थिइन् । शुशिलालाई उनका गुरु तथा बरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानले बधाई तथा शुभकामना मन्तव्य दिएका थिए ।

आधुनिक डान्सिङ बिटको ‘सानी’लाई बोलको गीतको प्रिमीयर सो गरेपश्चात पाठकले आफुलाई यो गीतले अघि बढ्नमा निकै सहयोग गर्नेमा विश्वस्त रहेको बताइन् । आफुलाई छोटो समयमा नै स्थापित हुनलाई सहयोग गर्ने सम्पूर्ण फ्यान फलोअर्स र शुभेच्छुकका लागि आफु सदैव ऋणी रहेको सदैव यस्तै मायाको अपेक्षा गरेको उनले बताइन् ।

कुमार शिवाकोटीको शब्द तथा कल्याण सिंहको संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोमा गायिका आफैले कम्मर मर्काएकी छिन् । बिशाल पौडेलेले एरेन्ज गरेको गीतमा सुम्निमा, राज र मिलनको कोरियोग्राफी रहेको छ । सचिन थापाले म्यूजिक भिडियोको निर्देशन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.