गीतकार सुदन तथा संगीतकार सरोजका ‘यादहरु’ सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

गीतकार सुदन डोटेल तथा संगीतकार सरोज प्याकुरेलको एकल संगीत निर्देश्ँनका गीतहरुको संग्रह ‘यादहरु’ काठमाडौंमा लोकार्पण गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बासकोटा, संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारी, गायकद्वय रामकृष्ण ढकाल तथा आनन्द कार्कीसहितका व्यक्तित्वले सुगम संगीतमा आधारित उक्त गीति एल्बम लोकार्पण गरेका हुन् । सार्वजनिक भएको उक्त एल्बममा विभिन्न गायक गायिकाको स्वरका पाँच वटा गीतहरु समावेश छन् ।

लोकार्पण समारोहमा प्रमुख अतिथि संगीतकार बास्कोटाले गीतकार डोटेलका शब्दहरुको प्रसंसा गर्दै उनलाई सांगीतिक क्षेत्रमा स्वागत गरे । झण्डै डेढ दर्जन गीतहरु रेकर्ड गराइसके पनि ‘यादहरु’ गीतकार डोटेलका शब्दहरुको पहिलो एकल एल्बम हो । बासकोटाले संगीतकार प्याकुरेलमा सांगीतिक क्षमता रहेको प्रतिक्रिया दिंदै उनको सांगीतिक भविष्यको कामना समेत गरे । संगीतकारको रुपमा प्याकुरेलको पनि यो पहिलो एल्बम हो ।

विमोचित एल्बमका गीतहरुमा रामकृष्ण ढकाल, आनन्द कार्की, स्वरुपराज आचार्य, हेमन्त शर्मा तथा रीता केसीका स्वरका गीतहरु समावेश गरिएका छन् । समारोहमा गायक आनन्द कार्कीले संग्रहमा समावेश ‘कहिले तिमी याद…’ शीर्षकको गीत प्रत्यक्ष सुनाएका थिए । समारोहमा संगीतकार सरोज प्याकुरेलकै निर्देशनमा तयार भएको ‘म भन्दा माथि मेरो देश छ…’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो । उक्त राष्ट्रिय गीतमा गायक रामकृष्ण ढकालको स्वर समावेश छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.