बन्ने भो जय शम्भु अनुप र बर्षाको बिचमा प्रशान्त


सेलिब्रेटी नेपाल काठमाडौँ

जुना फिल्म्सको ब्यानरमा निर्माण हुन लागिएको चलचित्र जय शम्भुको घोषणा गरिएको छ । आईतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र औपचारिक घोषणा गरिएको हो । चलचित्र घोषणासँगै फ्लोरमा गएको छ । चलचित्रमा प्रशान्त ताम्राकार, अनुुप विक्रम शाही र बर्षा शिवाकोटीको मूख्य भुमका रहेको छ । चलचित्र जय शम्भुबाट रोशन महर्जनले डेब्यु गर्दैछन् ।

दिनेश शाही, अरविन्द्र शाक्य, चक्र पाख्रिन, राजकुमार नगरकोटी लगायतको लगानी रहने चलचित्रलाई रुपेश तामाङले निर्देशन गर्नेछन् । ४५ दिन सम्म छायाँकन हुने चलचित्र काठमाडौं र अन्नपूर्ण बेष्ट क्याम्पमा खिचिने निर्माण पक्षले बताएको छ । हरि घले लामाले खिच्ने चलचित्रमा श्री श्रेष्ठको एक्शन, रामजी लामिछानेको कोरियोग्राफि रहनेछ । आगामी नयाँ बर्षको श्रावण १ गते रिलिज टार्गेट गरिएको चलचित्र मा संगीत भने प्रदिप कँडेल र अर्जुन पोखरेलको रहने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.