५ सय करोडको फिल्म ‘रामायण’ मा अल्लू अर्जुन र रामचरण प्रमुख कलाकार


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

धार्मिक ग्रन्थ ‘रामायण’ मा आधारित भएर फिल्म बन्ने भएको छ । अल्लू अरविन्द, नामित मल्होत्रा र मधु मन्तेनाले फिल्म ‘रामायण’ निर्माणका लागि भारतको यूपी सरकारसँग मेमोरेन्डम अफ अन्डरस्टेन्डिङ पत्रमा हस्ताक्षर गरेका छन्। तीन सिरिजमा आउने रामायण तमिल, तेलुगु र हिन्दी भाषामा बनाइने बताइएको छ । पाँच सय करोडमा रामायण निर्माण गर्न लक्ष्य लिइएको निर्माता मधु मन्तेनाले जानकारी दिए । नयाँ टेक्नोललोजी र भिएफएक्ससँगै यस पौराणिक कथालाई एकपटक फेरि नयाँ पिढीका दर्शकमाझ ल्याउन चाहेको उनको भनाइ छ ।

हालसम्म ‘रामायण’का लागि निर्देशक र कलाकार छनौट भइनसकेको पनि तेलुगु सुपरस्टार अल्लू अर्जुन र रामचरण लिड रोलमा हुने छन् । यसै वर्ष फ्लोरमा जाने भएकाले चाँडै निर्देशक र कलाकारको टुंगो लाग्ने निर्माण टिमले भनेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.