प्रियंका र आयुष्मानले हबिबको सलून उद्घाटन गरे


सेलिब्रेटी नेपाल काठमाडौँ

झण्डै डेढ दशक अघिदेखि नेपाल प्रवेश गरेको भारतको प्रतिष्ठित हबिब्स हेयर एण्ड ब्युटि सलूनले शुक्रवारदेखि नेपालमा दोस्रो शाखा सञ्चालनमा ल्याएको छ ।

ललितपुरको जावलाखेलमा स्थापित ‘हबिब्स बेरिना सलोन फर हिम एण्ड हर’ को उद्घाटन चलचित्र अभिनेता आयुष्मान देशराज जोशी तथा अभिनेत्री प्रियंका कार्कीले संयुक्त रुपमा गरेका हुन् ।

रिबन काटेर सलून उद्घाटन गर्दै अभिनेत्री प्रियंका कार्कीले अन्तर्राष्ट्रिय ख्याती आर्जन गर्न सफल हेयर स्टाइलिष्ट हबिबको सैलून नेपालमा विस्तार हुनुले हेयर स्टाइलिसप्रति आकर्षित नेपाली युवा–युवतीहरु थप स्मार्ट हुने धारणा व्यक्त गरिन् । अभिनेता आयुष्मान देशराज जोशीले हबिबका सलुनमा युवतीमात्र होइन युवाहरुले पनि उत्कृष्ट सेवा पाउने भएपछि आफू समेत लाभान्वित हुने धारणा व्यक्त गरे । उद्घाटन समारोहमा द हाउस अफ हबिब्सले भारत तथा भारतभन्दा बाहिर विभिन्न ३१ वटा शाखाहरु सफलतापूर्वक सञ्चालन गरिरहेको जानकारी गराइयो ।

ललिपुरका स्थानियलाई सेवा पु¥याउने उदेश्यले जावलाखेलमा शाखा विस्तार गरिएको हबिब्स बेरिना सलूनले जनाएको छ । जावलाखेलको उक्त शाखा नेपालकै दोस्रो आउटलेटको रुपमा सञ्चालनमा आएको हो । यो सलूनमा महिला तथा पुरुष दुबैका लागि सेवा प्रदान गरिनेछ ।

सलूनको उद्घाटन समारोहको मुख्य आकर्षणको रुपमा भारतका चर्चित हेयर स्टाइलिष्ट निलेश पारेखले आफ्नो विशेष हेयर कटिङ तथा स्टाइलिङ शो केस प्रस्तुत गरे । यसअघि लिम्का बुक अफ रेकर्ड्स तथा एशिया बुक अफ रेकर्ड्सुमा नामा लेखाइसकेका भारतीय हेयर स्टाइलिष्ट पारेखले उद्घाटन समारोहमा आँखामा पट्टी बाँधेर आगोमार्फत एउटी युवतीको केश काटेका थिए ।

ट्रेण्ड्स एड्भर्टाइजिङ एण्ड मार्केटिङ कन्सल्टेन्ट्ले व्यवस्थापन गरेको उक्त समारोहमा काठमाडौंका थुप्रै हेयरस्टाइलिष्ट तथा व्युटिसियनहरुको बाक्लो उपस्थिती रहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.