बेनिषा हमाल ’लालगेडीको रुपमा देखा परिन (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

सुरी राई तथा पियुष कुँवरको स्वर रहेको गीत ’लालगेडी को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा पियुषसँगै बेनिशा हमाल फिचरीङ छिन् । गीतमा एक अर्काको मनमा रहेको मायालाई देखाइएको छ । गीत सुरी एल्बममा संग्रहित छ भने यसमा शब्द सानो दिल र संगीत भानुभक्त ढकालको रहेको छ । यस गीतलाई राजिभ समरले कोरियोग्राफी गरेका छन् भने यसलाई बुद्ध थापा एण्ड टिमले छायाँकन गरेका हुन् ।

विकास धमलाको सम्पादन रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् । यस एल्बममा ५ गीत संग्रहित छन् । लालगेडीसँगै यसमा सुरी , को हो त्यो , तिम्रो आगमनले र मन भरि बेदना बोलको गीत रहेका छन् । यसमा सुरीकै स्वर रहेको छ भने लालगेडीसँगै सुरीमा पियुषले साथ् दिएका छन् । यसमा सानो दिल , रवी मल्ल , कमल मल्ल , सुरी र मनोज आचार्यको शब्द रहेको छ । यसमा भानुभक्तसँगै कल्याण सिंह , न्हू बज्राचार्य र कर्ण दासको संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.