आज शुक्रबारबाट सौगात,कर्मा र जस्मिनको पन्चेबाजा प्रदर्शनमा


सेलिब्रेटी नेपाल काठमाडौँ

घनश्याम लामिछाने निर्देशित चलचित्र ‘पन्चेबाजा’ आज शुक्रबारबाट देशका ६५ हलमा एकसाथ प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रचारका लागि युनिट पोखरा, बुटबल, नारायणघाट, हेटौंडा पुगेर काठमाडौं फर्किईसकेको छ । राजेश शाहीको निर्माण रहेको चलचित्रमा सौगात मल्ल, जस्मिन श्रेष्ठ, कर्मा, बुद्धि तामाङ, सृजना सुब्बा, प्रकाश घिमिरे, बिमला गिरी, देशभक्त खनाल, सविन बाँसतोला, प्रमिला तुलाचन, राजेश शाही, युवराज भण्डारी, तेज गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रले सौगात, जस्मिन र कर्माबीचको त्रिकोणात्मक प्रेमलाई देखाउनेछ ।चलचित्र काठमाडौं उपत्यकाका २० र मोफसलका ४५ गरी ६५ ओटा हलमा एकसाथ प्रदर्शन हुने निर्माता शाहीले जानकारी दिए । सारा गुरुङ सह निर्माता रहेको यो चलचित्रमा कालीप्रसाद बासकोटा र बिकाश चौधरीको संगीत, प्रदीप भारद्धाजको लेखन, हरि घले लामाको छायाँकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.