१ करोडमा ‘शत्रु गते’ को रुपै मोहनी (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

आगामी चैत्र ९ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘शत्रु गते’ को ‘रुपै मोहनी…’ बोलको गीतले छोटो समयमै यु ट्युबमा १ करोड भ्युज बनाउन सफल भएको छ । टंक बुढाथोकीको स्वर र संगीत रहेको गीतलाई लोकराज अधिकारीले लेखेका हुन् भने स्वरमा टंकलाइ मिना निरौलाले साथ दिएकि छिन । नेपाली चलचित्रको गीतले दर्शक लाइ सिनेमा हल सम्म तान्न ठुलै भूमिका राख्ने गर्दछ गीत सफल भएका थुप्रै चलचित्रहरु सफल बनेका छन् ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा हरिवंश आचार्य, दीपाश्री निरौला, दीपकराज गिरी, शिवहरी पौडेल, प्रियंका कार्की, पल शाह र आँचल शर्माले कम्मर मर्काएका छन् । ‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रलाइ महसंचारले निर्माण गरेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.