प्रियंका र वर्षाको रियल जोडी रिल जोडीको रुपमा देखिदै


सेलिब्रेटी नेपाल काठमाडौँ

सेलिब्रेटीहरु रिल लाइफमा प्रेमी प्रेमिका भएर धेरै पटक देखिएका हुन्छन तर रियल लाइफका प्रेमी प्रेमिका चलचित्रमा देखिएका थोरै मात्र हुन्छन । एउटा यस्तो संयोग जुरेको छ रियल लाइफका २ जोडीले चलचित्रमा समेत जोडी बाध्ने भएका छन् । केही समय अघि मात्र प्रेमी संजोग कोइरालाका साथ वर्षा राउत अनुबन्धित भएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा अर्का रियल लाईफ प्रेमी जोडी प्रियंका कार्की र आयुष्मान देशराज एकसाथ देखिने भएका छन् ।

अभिनेता शिव श्रेष्ठ्को लगानीमा बन्न लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ ले सामाजिक कथा बस्तु र प्रेम सम्बन्धको कथा बोक्ने छ । चलचित्रमा आयुष्मानले सामाजिक कार्यमा समर्पित युवाको भूमिका निर्वाह गर्नेछन् भने आयुष्मानको जोडी प्रियंका नै हुने भएकी छिन ।दीपेश सापकोटाले निर्देशन गर्ने यस चलचित्रमा दिलीप रायमाझी, भुवन केसी, करिश्मा मानन्धर, निरुता सिंह लगायत पुराना पुस्ताका कलाकारहरूको समेत अभिनय रहने छ । चलचित्रको कथा स्वयम् निर्माता श्रेष्ठले लेख्ने बताइएको छ भने यही फागुनबाट चलचित्र फ्लोरमा जाने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.