अभिनेता सलिनको हातबाट जलजलालाई नगद सहयोग


सेलिब्रेटी नेपाल काठमाडौँ

दुवै मृगौलामा समस्या आएपछि राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत गायिका जलजला परियारलाई चलचित्र ‘ए मेरो हजुर २’ टिमले सहयोग गरेको छ । बिहीवार टिचिङ अस्पताल मै पुगेर चलचित्रका अभिनेता सलिनमान बनियाँ र निर्माता सुनिल कुमार थापाले कूल ७६ हजार नगद हस्तान्तरण गरे ।

‘ए मेरो हजुर २’ को बेल्जियम प्रदर्शनबाट संकलित रकम मध्ये ५१ हजार र अमेरिका निवासी मुकेश सुवेदीको मुकेश सुवेदी फाउण्डेशनबाट प्राप्त २५ हजार जलजलाको उपचारका लागि प्रदान गरिएको हो । जलजलाको मृगौला प्रत्यारोपणका लागि नेपालमा अझै धेरै दिन लाग्ने भएपछि अब उनलाई भारत लैजान लगिएको पारिवारिक श्रोतले जानकारी गराएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.