अन्जु पन्त किन बन्दैछिन बदनामी ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
अहिलेकी चर्चित र व्यस्त गायिका अन्जु पन्तको आवाजमा रहेको बदनामी…बोलको गीत भिडियो सार्बजनिक गरिएको छ । बिक्रम के.सी.को शब्द तथा संगीत रहेको गीतको भिडियो लाई सेलिब्रेटी नेपालले निर्माण गरेको हो । सुरेश काफ्लेले छायांकन तथा निर्देशन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियोमा कृति भट्टराई,बुद्धि श्रेष्ठ र एलिजा बुढाथोकीको अभिनय रहेको छ । भिडियोमा एउटी नारीको पिडा र बेदना प्रस्तुत गरिएको छ ।

अञ्जु पन्त नेपाली गीत संगीतमा अहिलेको चर्चित नाम हो । नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् जसमध्ये न बिर्सें तिमीलाई…, म तिमी बिना मरीहाल्छु, सुर्के थैली खै,तिमि रोएको पल आदि रहेका छन् । उनले दर्जनौं नेपाली चलचित्रका लागि गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन् । पाँचथरको आठराईकी आमा मनु योञ्जन र काठमाडौंँ नजिक फफिर्ङका विष्णु पन्तकी छोरी अन्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.