चैत्र २ मा ‘डेस्टिनेशन काठमाडौं’


सेलिब्रेटी नेपाल काठमाडौँ

स्व. निर्देशक दीपक रायमाझीको अन्तिम चलचित्र ‘डेस्टिनेशन काठमाडौं’ चैत्र २ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ । शरद अधिकारीले निर्माण गरेको चलचित्र जनपुकार मिडिया हाउसको ब्यानरमा निर्माण भएको हो । निर्माता अधिकारीका अनुसार, ‘‘डेस्टिनेशन काठमाडौं’ को स्वदेशका साथै थुप्रै मुलुकका विशेष प्रदर्शन गरिसकिएको छ ।

विदेशीलाई नेपालप्रति आकर्षित गराउदै देशको पर्यटन क्षेत्रको बिकासमा सहयोग पुर्याउनुका साथै देशको राजनीति परिवेशले पारेको प्रभावको बिषयमा केन्द्रित चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रदर्शन गर्ने लक्ष्य निर्देशक रायमाझीको थियो । तर, उनको असमायीक निधनका कारण केही समय निर्माण रोकीएको चलचित्रलाई अर्का निर्देशक मधुसुदन भट्टराईले पूरा गरेका हुन् ।

चलचित्रमा दीलिप रायमाझी, झरना थापा, सहारा मावबे, केशव भट्टराई, विक्रम मल्ल ठकुरी, रवि गिरी, विकास चापागाई, नरेन्द्र थापा, रामचन्द्र अधिकारी, रश्मी भट्ट, रोशनी सापकोटाका साथै बालकलाकार सृजेश अधिकारी, सत्यम अधिकारी र युनिशा लामिछाने प्रमुख भूमिकामा छन् । राजु थापा र सौरभ लामाले खिचेको चलचित्रमा निखिल विश्वास, रमेश खड्का र राजन तिमिल्सिनाको रहेको संगीत छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.