पोखरेली व्याण्ड डि-मर्चाको नेपाल चिनाउने भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चर्चित पोखरेली व्याण्ड डि-मर्चा नेपाल चिनाउने भिडियो लिएर दर्शकमाझ आएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर डि-मर्चाले नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेको हो । राष्ट्रिय भावनाले ओतप्रोत भएको नेपाली संस्कृति, पहिचान र नेपाल चिनाउने गरी म्यूजिक भिडियो निर्माण गरेकाले प्रजातन्त्र दिवसकै दिनमा सार्वजनिक गरिएको डि-मर्चाले जनाएको छ ।

केहि समयअघि मात्र रेकर्ड गरिएको यस गीतमा रोशन भट्टराईको शब्द र व्याण्डका भोकलिस्ट भास्करध्वज श्रेष्ठको लय छ । डेभिल सिंह राजपुतको निर्देशन र अमृत सुनुवारको छायाङ्कनमा बनेको म्यूजिक भिडियोमा मोडल रञ्जित पौडेलगायतले मोडलिङ गरेका छन् ।

नेपाली लोक संस्कृति देउडालाई पप फ्लेभरमा गाएर चर्चामा आएको डि-मर्चाले ‘वीर नेपाली’ गीत र भिडियोमार्फत नेपालीको वीरता र पहिचान झल्काउँदै नेपाल चिनाउने प्रयास गरेको छ । ‘डि-मर्चा’को सो गीतले नेपालीको पहिचान झल्कने पोशाक दौरा, सुरुवाल, पाल्पाली ढाका टोपीको शान प्रस्तुत गरेको छ ।

त्यस्तै, विहानीको पहिलो किरणले सर्वोच्च शिखर सगरमाथा छुने देश नेपाल रहेको जनाउँदै यो देश चन्द्र सूर्य रहेसम्म रहिरहने गीतमार्फत सन्देश दिएका छन् । राजनीतिक अस्थिरता, खिचातानीका बाबजुद कसैले पनि नेपाल कब्जा गर्न सक्दैन भन्ने देशभक्तिको सन्देश गीतको माध्यमबाट दिने प्रयास गरिएको व्याण्डका भोकलिष्ट भास्करध्वज श्रेष्ठले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.