उपत्यका बाहिर ‘पञ्चेबाजा’ टिम प्रचार प्रसार तिब्र बनाउदै


सेलिब्रेटी नेपाल काठमाडौँ

आउने सुक्रबार बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पञ्चेबाजा’ टिम काठमाडौँ बाहिरको प्रचार प्रसारमा जुटेका छन् । काठमाडौँ बाहिरको प्रचार प्रसारलाई तिब्र बनाउँदै टिम पोखराबाट, बुटवल, चितवन, हेटौंडा, धरान लगायतका ठाउँमा पुग्ने चलचित्रका निर्माता राजेश शाहीले जानकारी गराएका छन् ।

चलचित्रको प्रचार प्रसार प्रसारका लागि कलाकारहरु सौगात मल्ल, जस्मिन श्रेष्ठ, निर्माता राजेश शाही, निर्देशक घनश्याम लामिछाने लगायत बाहिर गएका छन् । सामाजिक कथा बस्तुमा निर्माण भएको पञ्चेबाजामा सौगात मल्ल, कर्मा शाक्य, बुद्धि तामाङ, सृजना सुब्बा, जस्मिन श्रेष्ठ, प्रकाश घिमीरे, युवराज भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । मंगलवार चलचित्र टिम पोखरामा पत्रकार भेटघाट गरि बुटवल लागेका छन् । एक हप्तासम्म टिम उपत्यका बाहिर रहनेछन् । प्रदिप भारद्धाजले लेखेको चलचित्रमा विकास चौधरी र कालि प्रसाद बाँस्कोटाको संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.