पाकिस्तानी कलाकार राहत फत्ते अलिलाइ बलिउडमा प्रतिबन्धको माग


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

भारतका केन्द्रीय मन्त्रीसमेत रहेका गायक बाबुल सुप्रियोले पाकिस्तानी कलाकारलाई बलिउडमा प्रतिबन्ध लगाइनुपर्ने बताएका छन् । पाकिस्तानी नागरिकता हुनु नै उनीहरूको एक मात्र अपराध भएको बाबुलको भनाइ छ । उनले वरिष्ठ गायक राहत फतेह अली खानका गीत ब्यान्ड गरिनुपर्छ भनेका छन् ।
‘वेलकम टु न्युयोर्क’ फिल्मका निर्मातालाई राहतको आवाज फिल्ममा नराख्न भनेपछि बाबुलको आदेश औधी कडा भएको भन्दै भारतीय सञ्चारमाध्यमले धमाधम समाचार छापिरहेका छन् ।

बाबुलका अनुसार भारत–पाकिस्तानबीच तनाव भइरहेका बेला बलिउडले सीमापारिका ट्यालेन्ट खोज्नु आवश्यक छैन । ‘एफएममा पाकिस्तानी गायकको गाना बजाउने अनि टीभीमा पाकिस्तानी हमलामा सहिद भएका जवानबारे समाचार आउने अवस्था नहोस्,’ उनले भनेका छन्, ‘हामीले सीमापारि गएर ट्यालेन्ट खोजिरहनु पर्दैन ।’ बाबुलले आफूलाई आतिफ असलम वा राहत फतेहसँगै कुनै समस्या नभए पनि तिनको नागरिकतासँग आपत्ति रहेको बताएका छन् ।
‘बलिउडले विश्वमा भारतको प्रतिनिधित्व गर्छ,’ मन्त्री सुप्रियो भन्छन्, ‘पाकिस्तानी कलाकारलाई निषेध गरेर पाकिस्तानीले फैलाएको आतंकवादको विरोध गर्नुपर्छ । बलिउडमा ठाउँ पाएका कुनै पाकिस्तानी कलाकारले भारतीयमाथिको हमलालाई लिएर आफ्नो देशको निन्दा गरेका छैनन् ।’ मन्त्रीले यस्तो आपत्तिजनक अभिव्यक्ति दिने भारतमा बलिउड स्टार सलमान खानले चाहिँ आफू अभिनीत ‘सुल्तान’ फिल्ममा स्वदेशी गायक अरिजित सिंहको आवाज हटाएर राहत फतेहको स्वर राखेका थिए । राहतले गाएको ‘जग घुमेया…’ निकै चर्चित भयो ।

राजनीतिक खिचातानीका कारण बलिउडमा जमेका पाकिस्तानी कलाकारले बेलाबखत यस्ता तीता अभिव्यक्ति सुनिरहनुपर्छ । केही अघि पनि पाकिस्तानी सेलेब्रिटीलाई स्वदेश फर्कन भनिएको थियो । मुम्बई आएर प्रसिद्धि कमाउनेमध्येमा नुसरत फतेह अली खान, मेहदी हसन, गुलाम अली, अदनान सामी, अविदा परविन आदि छन् । अभिनेता अली जफर, फवाद खान, इमरान अब्बास, अभिनेत्री माहिरा खान, बिना मलिक लगायतले पनि बलिउडमा ठाउँ बनाएका छन् 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.