अब नेपालमा पनि ‘को बन्छ करोडपति’ ? होस्ट बन्नेछन् राजेश हमाल


सेलिब्रेटी नेपाल काठमाडौँ

कार्यक्रम ’को बन्छ करोडपति’ नेपाली टेलिभिजनमा पनि सुरु हुने भएको छ । कौन बनेगा करोडपतिको नेपाली संस्करण नेपालमा संचालन हुने भएको हो । कार्यक्रमलाई नायक राजेश हमालले संचालन गर्ने बताईएको छ । ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’ बाट लाइसेन्स प्राप्त गरेर उक्त कार्यक्रम एपी १ टेलिभिजनबाट बैशाख १ गतेदेखी प्रसारण हुने भएको हो । कार्यक्रममा एसारबीएन मिडियाको सहप्रायोजन रहने छ । कार्यक्रमको दर्ता खुलेपछि आइभिआर र एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन्।

यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन् । कार्यक्रममा सोधिएको सबै प्रश्नको उत्तर मिलाउनेले नगद एक करोड जित्न सक्नेछ कार्यक्रममा विभिन्न हेल्प लाईनहरु पनि रहनेछन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.