बन्ने भयो ‘रणवीर’ ! सुशीलको मिस इन्टरनेसनल सुभेक्षा संग रोमान्स


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘रणवीर’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर चलचित्रको घोषणा गरियो प्रजातन्त्र दिवसको अवसर पारेर चलचित्र फ्लोरमा जाँदैछ । एक्सन, कमेडी र रोमान्स रहने चलचित्र लाइ गोविन्द सिंह भण्डारीले निर्देशन गर्दै छन् । निर्देशक गोविन्दका अनुसार चलचित्रले एक शिक्षित र जाँगरिलो युवकको जीवनमा आउने उतारचढाव र संघर्षलाई देखाउनेछ । चलचित्रमा कलाकार सुशील सिटौला शीर्ष भूमिकामा देखिनेछन् । चलचित्रमा सुशीलको अपोजिट सुभेक्षा खड्का रहनेछिन् । उनी सन् २०१२ की ‘मिस इन्टरनेसनल’समेत हुन् । चलचित्रमा प्रशान्त ताम्राकार, टिका पहाडी, रवि गिरी र नरेश पौड्याल नेगेटिभ भूमिकामा देखिने भएका छन् ।

चलचित्रमा सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहारी, रवी गिरी, नरेश पौड्याल, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिस रिजाल, बसन्ती भट्ट, शैलेश्वरी सिंहको पनि अभिनय रहनेछ । गोमा विष्ट थापा र दिपेन्द्र रेग्मीको लगानीमा बन्ने चलचित्र डडेल्धुरा, महेन्द्रनगर, धनगढी र काठमाडौँमा खिचिनेछ । चलचित्रमा महेश पौड्यालको छायांकन, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत, गम्भीर विष्ट र सुरेन बसेलको कोरियोग्राफी र चन्द्र पन्तको एक्सन रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.