कृपाको बार्षिक उत्सबमा श्रस्टा सम्मान


सेलिब्रेटी नेपाल काठमाडौँ

’सम्वृद्धिको लागि संगीत’ भन्ने नाराका साथ स्थापना भएको कृपा फाउन्डेसनले आफ्नो पहिलो वार्षिकोत्सवको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ’कृपा संगीत रत्न सम्मान’ द्वारा वरिष्ठ रचनाकार तथा साहित्यकार रत्न शमशेर थापा र वरिष्ठ गायक योगेश बैधलाई सम्मान गरेको छ । फाउन्डेसन अध्यक्ष शिव कुमार लामिछाने , कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक प्रेमध्वज प्रधान , फाउन्डेसन संरक्षक बराह ज्वेलरी प्रमुख बिष्णु माया लामिछाने , बराह ज्वेलरी धरान प्रमुख मान बहादुर बिकले संयुक्त रुपमा दोसल्ला ओढाउदै प्रमाण पत्रद्वारा सम्मान गरेका हुन ।

सोहि अवसरमा पछिल्लो समय किड्नीमा समस्या आएपछि उपचार गराईरहेका वरिष्ठ गायक ओम बिक्रम बिष्ट ज्युलाई फाउन्डेसनको तर्फबात नगद र ५१ हजार प्रदान गरिएको थियो । गायक विष्ट अमेरिकामा रहनु भएकोले उहाको सम्मान तथा नगद सहयोग उहाको छोरा शिखर विक्रम विष्टले ग्रहण गर्नु भयोको थियो । गायक विष्टले भिडियो मार्फत उपस्थितलाइ सम्बोधन गर्दै कृपा फाउन्डेसनलाई धन्यवाद दिएका थिए ।

सम्मानित सर्जकलाई सम्मान सहित समर्पित गर्दै गायक शिव लामिछानेले केहि गीत प्रस्तुत गरेका थिए । उनले रत्न शमशेर थापाद्वारा रचना गरिएको तथा स्वरसम्राट नारायण गोपालद्वारा संगीत तथा स्वर दिइएको गीत स्वर्गकी रानी , शिव अधिकारी लिखित तथा वरिष्ठ संगीतकार नातिकाजीद्वारा संगीत तथा योगेश बैधद्वारा स्वर दिइएको गीत सपना भुलाई सारा र एल्वर्ट सुब्बा लिखित , रोबर्ट सुब्बाद्वारा संगीतमा वरिष्ठ गायक ओम बिक्रम विष्टद्वारा स्वर दिइएको गीत म मौनतामा लाइभ प्रस्तुत गरेका थिए ।

फाउन्डेसनको पहिलो वार्षिकोत्सवकै अवसरमा ’जय नेपाल’ बोल रहेको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ भने यसलाई शिव लामिछानेले गाएका छन् । गीतको भिडियोमा शिव आफै प्रस्तुत भएका छन् भने यसमा नेपालको सौन्दर्यतालाई देखाइएको छ । हिमाली तथा पहाडी भेगको रमणीय दृश्य कैद गरिएको भिडियोमा सथानीय संस्कृतिलाई पनि समेटिएको छ । गीतलाइ विनय कन्स्कारले सम्पादन गरेका हुन् भने यसलाई नरेन लिम्बुले निर्देशन गरेका हुन् । गीतको छायाँकन नरेन र विनयले संयुक्त रुपमा गरेका छन् ।

यसैगरी सोहि अवसरमा कृपा अन्प्लगडका आर्टिस्टलाई रोयल्टी प्रदान गरिएको थियो भने पहिलो र दोस्रो सिजनको सफलतापछी तेस्रो सिजन छिटै आउने जानकारी पनि गराइएको थियो । साथै कृपा ब्याण्डसंगै शिवले लाइभ प्रस्तुति पनि दिएका थिए । उनले आफ्नै गीतहरु जानिन कि मैले , रेशमी घुम्टो , किन दुख्छ मुटु मेरो र चाहे माया गर या उपस्थित निम्तालु माझ प्रस्तुत गरेका थिए । कृपा फाउन्डेसनका एमडी अनुप प्रकासको संयोजकत्वमा भएको कार्यक्रमलाई लोकप्रिय सञ्चारकर्मीले संचालन गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.