बन्ने भो चलचित्र साथ साथ


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘साथ-साथ’ निर्माण हुने भएको छ । सुमन घिमिरेको निर्देशन गर्ने यो चलचित्रको बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरियो । तिमल्सिना फिल्म प्रोडक्शनको ब्यानरमा बन्ने चलचित्रको कथा कलाकार शुशील पोख्रेलले लेखेका हुन् । रेशा श्रेष्ठको लगानीमा निर्माण हुने चलचित्रमा शुशील पोख्रेल, रेशा श्रेष्ठ, किरण थापा, भेषराज खत्रीलगायतका कलाकारहरुको अभिनय रहनेछ । यो चलचित्रबाट आशिष अर्यालले अभिनेताको रूपमा डेब्यू गर्दैछन् । चलचित्रलाई वर्ष २०७५ माघ १ गते रिलिज गर्ने निर्देशक घिमिरेले जानकारी दिए । चलचित्रमा शिव ढकालको छायांकन, अनिल कुमार महर्जनको सम्पादन, रुपेश बाँस्कोटाको संगीत, एन.वी महर्जनको द्वन्द्व र रामजी लामिछानेको नृत्य रहने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.