‘हुर्रे’ टिम प्रचार प्रसारको लागि देश दौडाहामा


सेलिब्रेटी नेपाल काठमाडौँ

कमेडी जनराको चलचित्र ‘हुर्रे’ टिम प्रचार प्रसारको लागि देश दौडाहामा रहेको छ देश दौडाहाको क्रममा टोलि बिहिबार पोखरा पुगेको छ पोखरामा पत्रकार सम्मेलन गर्दै चलचित्रको बारेमा जानकारी गराईयो आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘हुर्रे’मा अभिनेत्री केकी अधिकारीले अहिलेसम्मकै फरक चरित्रमा काम गरेको खुलाईन । केकीले आफू मेनुका पात्रको रुपमा चलचित्रमा देखिने खुलाइन् ।

‘प्रेमको मोह जालमा फसाउने केटीको भूमिका अभिनय गरेकी छु,’उनले भनिन्,‘मेरो चरित्र हेर्दा दर्शकले नयाँ स्वाद पाउनुहुनेछ ।’ उनले पोखरा नेपाली चलचित्र उद्योगको लागि दोश्रो ठूलो घर रहेकोसमेत बताइन् । अर्का कलाकार राजाराम पौडेलले ‘हुर्रे’ को सबै छायांकन पशुपति क्षेत्रमा भएको बताउँदै उक्त चलचित्रले फेरी आफु १६ वर्ष उमेरमा फर्किएको अनुभुति गराएको बताए ।चलचित्रको गीत ‘ठेकीमा दही मदानीमा मही’मा केकीसँग आफुले पनि ठुम्का लगाउन पाउदा आफु १६ वर्ष उमेरको छँदाको झझल्को दिलाएको दाबी गरे ।

यम थापाको लेखन तथा निर्देशनमा बनेको ‘हुर्रे’ मा केकी, अनुप, राजारामका अलावा अंकित खड्का, विजय बराल, संगीता नापित लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा दावा शेर्पा, सोनम लामा र छिरिङ दोर्जेको निर्माण छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.