रिलिजको पुर्ब सन्ध्यामा कान्छीको रोमान्टिक गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

भोली शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कान्छी’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘यो मन रमाउँदै’ बोलको गीतमा नायिका तथा निर्मात्री श्वेता खड्का र अभिनेता दयाहाङ राई फ़िचरिङ्ग छन् । गीतमा अञ्जु पन्त र युवराज चौलागाईँले स्वर दिएका छन् । दीवाकर भट्टराईको शब्द रहेको गीतमा अर्जुन पोखरेलले मिठो संगीत भरेका छन् । ‘कान्छी’ लाई आकाश अधिकारीले निर्देशन गरेका हुन् ।

पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । चलचित्रमा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।ग्रामीण भेगकी कान्छीको कथा बोल्ने चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.