प्रेम दिवसमा विकास बैद्यको कस्तो सम्बन्ध सार्बजनीक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक बिकाश बैद्यको आवाजमा रहेको कस्तो सम्बन्ध बोलको गीत भिडियो सार्बजनिक गरिएको छ । प्रेम दिवसको अबसरमा उक्त भिडियो सार्बजनिक गरिएको हो । प्रणय दिवस वा प्रेम दिवस (अङ्ग्रेजी: Valentine’s Day) १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

प्रेम दिवसको अबसरमा सार्बजनिक भिडियोमा गायक स्वयम् बैद्यको शब्द तथा संगीत रहेको छ । भिडियोलाइ राहुल प्रधानले निर्देशन गरेका हुन् । चक्र महर्जनले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोमा बिकाश बैद्य र स्मृति श्रेष्ठको अभिनय रहेको छ। राहुल प्रधानको संगीत संयोजन रहेको भिडियोलाइ म्युजिक नेपालको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.