कान्छी प्रचारमा स्वेता राजधानी बाहिरको यात्रामा


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेत्री तथा निर्मात्री स्वेता खड्का ‘कान्छी’को प्रचारका लागि यति बेला राजधानी बाहिरको यात्रामा रहेकी छिन उनि आइतबार चितवनमा थिइन् । स्वेताको चलचित्र यात्राको सुरुवात चितवन बाट भएको थियो उनि अभिनित पहिले चलचित्र ‘कहाँ भेटिएला’को छायांकन चितवनमा भएको थियो त्यसैले स्वेता चितवनलाई माईती घर भन्न रुचाउछिन चितवनका दर्शकले कान्छीलाई माया गर्नुहुनेछ भन्नेमा उनि बिस्वस्त रहेकी छिन। स्व.शिव रेग्मी निर्देशित ‘कहाँ भेटिएला’मा स्वेताको अपोजिटमा अभिनेता श्रीकृष्ण श्रेष्ठ थिए । निर्देशक रेग्मी पत्नी ज्ञानुले स्वेतालाई हिम्मत नहारीकन चलचित्र क्षेत्रमा अघि बढ्न हौसला दिइन् ।

फागुन ४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र प्रचारको लागि स्वेतासँगै अभिनेता दयाहाङ राई पनि चितवन पुगेका थिए । चितवनस्थित भरतपुरमा गरिएको प्रेसमिटमा अभिनेता दयाले चलचित्र समसामयिक कथावस्तुमा बनेकाले दर्शकका लागि रुचीकर हुने बताए । ‘सानो सपना र ठुलो दुःख भोगाइको कथा नै कान्छी हो । तर यही पुरुषवादी सोचको कान्छी होइन, ममतामयी कान्छी हो,’ उनले भने ।

आकाश अधिकारी निर्देशित चलचित्रमा यम थापाको कथा रहेको छ चलचित्रमा स्वेता र दयासँगै नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, प्रज्वल सुजल गिरी, भूमिका श्रेष्ठलगायतको अभिनय रहेको छ । चलचित्रमा राजनराज सिवाकोटी र अर्जुन पोखरेलको संगीत र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.