सो सिम्पल सेन्सर पास


 

 

 

सेलेब्रिटी नेपाल २०६९ आश्विन २४, बुधवार

कार्तिक ३ गते रिलिज हुने भनिएको फिल्म ‘सो सिम्पल’ लाई सेन्सर बोर्डले सबै वर्गका दर्शकले हेर्न मिल्ने गरि युनिभर्सल सर्टिफिकेट दिएको छ । बुधबार बिहान सेन्सर बोर्डले कुनै सिनमा आपत्ति नजनाई यू सर्टिफिकेट दिएको हो ।केशब भट्टराईले निर्माण तथा शिब रेग्मीको निर्देशनमा बनेको फिल्म ‘सो सिम्पल’ मा प्रमोद भारद्धाज, भावना रेग्मी, राजवल्लभ कोइराला, श्वेता भट्टराई, अशोक शर्मा, सुशिल पोखरेल, विनोद भट्टराई, रश्मी भट्ट तथा शिशिर भण्डारीको अभिनय रहेको छ ।
कोटकी कालिका देवी फिल्मसको ब्यानरमा नीता भट्टराई तथा मुकुन्द फुयाल समेत निर्माता रहेको सो फिल्ममा प्रदिप भारद्धाजको कथा, पटकथा तथा संवाद, ताराप्रकाश लिम्बुको संगीत, हिमाल केसीको द्धन्दनिर्देशन, कविराज गहतराजको नृत्यनिर्देशन रहेको छ । फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.