१२ बर्ष पछि जय भोले मार्फत शर्माको निर्माण तथा निर्देशनमा कमब्याक


सेलिब्रेटी नेपाल काठमाडौँ

पुराना कलाकार,निर्माता तथा निर्देशक अशोक शर्माले १२ बर्ष पछि निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘जय भोले’को औपचारिक घोषणा गरेका छन् पांच तारे होटलमा एक कार्यक्रमको आयोजना गरेर चलचित्र निर्माणको घोषणा गरिएको हो १२ वर्ष अघि चलचित्र ‘मितिनी’ निर्देशन गरेर चलचित्र वितरणमा सक्रिय रहेका निर्माता, निर्देशक तथा कलाकार शर्माको चलचित्रमा खगेन्द्र लामिछाने,सौगात मल्ल,स्वस्तिमा खड्का,सलोन बस्नेत,राजाराम पौडेल,बुद्धि तामांगको मुख्य भूमिका रहनेछ र । निर्देशक शर्माको निर्देशन, अभिनय एवं निर्माण रहने सोसल तथा कमेडी ड्रामाको फागुन १ गते बाट छायांकनमा जाने पनि उक्त कार्यक्रममा जानकारी गराइयो । किरण शर्मा, कृति शर्मा र अंकित शर्मा चलचित्रको निर्मातामा रहेका छन् ।

निर्देशक शर्माले दुई केटा साथीबीचको भावनात्मक मित्रता र प्रेमको कथालाई कमेडी फ्लेबरमाचलचित्रमा देखाइने बताए । ‘मेरो क्रिएटिभिटी पुनः पोलिस भएर आउँछ भन्ने विश्वास छ’ शर्माले भने, ‘१२ वर्ष सिर्जनालाई थाती राखेँ । अब यसले नयाँ र पुरानो पुस्तालाई फ्युजन गर्नेछ ।’ । फिल्म वल्र्ड प्रालि र एए ग्रुप अफ कम्पनीजको ब्यानरमा बन्न लागेको फिल्म झापा र इलाममा खिचिनेछ । पुरुषोत्तम प्रधानको छायांकन, राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ । चलचित्र ‘जय भोले आगामी दशैंको फूलपाति बाट प्रदर्शनमा ल्याउने लक्ष्य राखेको र उक्त दिन नै चलचित्र प्रदर्शनमा आउने पनि उक्त कार्यक्रममा जानकारी गराइयो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.