जापानमा प्रदर्शनमा हुने भो ‘कृ’अनमोल र अदिति पनि जापान जाँदै


सेलिब्रेटी नेपाल काठमाडौँ
यस बर्षको प्रतिक्षित अनमोल के.सी.स्टारर चलचित्र ‘कृ’ जापानको दश भन्दा बढी शहरमा प्रदर्शन हुने भएको छ । जापानमा हुने प्रदर्शनीमा सहभागिताको लागि ‘कृ’ निर्माता भुवन के.सी,अभिनेता अनमोल के.सी,अभिनेत्री अदिति बुढाथोकी पनि जापान जाने भएका छन् । ॐ शान्ति ॐ इन्टरनेनमेन्टको मार्फत जापानमा नै बसोबास गर्दै आएका इश्वर श्रेष्ठ र सुबाश लामिछानेले उक्त जापानको प्रदर्शनीको व्यवस्था मिलाएका हुन् । इश्वर र सुबाश चलचित्र सायद २ र लाउरेका निर्माता समेत हुन् ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्ता ब्यानर द सुपर काजोल फिल्मस् हो । सुवास गिरी र भूवन केसीले यो चलचित्रको निर्माण गरेका हुन् । चलचित्रको निर्देशन सुरेन्द्र पौडेलले गरेका हुन् । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् । माघ २६ गते बाट चलचित्र नेपालमा सार्बजनिक प्रदर्शनमा आउदै छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.