नायिका केकिको पछि पछि अंकित र राजाराम ! हुर्रे ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

कमेडी जनराको चलचित्र ‘हुर्रे’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा कमेडी पाटोलाई बढी प्राथमिकता दीइएको छ । अंकित खड्का, राजाराम पौडेल, विजय बराल लगायतका पुरुष पात्र नायिका केकी अधिकारीको पछि-पछि देखिन्छन् । ट्रेलरमा चर्चित संगीतकार राजनराज सिवाकोटी पनि प्रस्तुत भएका छन् । यम थापाको लेखन निर्देशनमा बनेको चलचित्रमा दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको लगानी रहेको छ ।

चलचित्रलाई चन्दन दत्तले सम्पादन गरेका हुन् । चलचित्रमा केकीले पशुपतिमा फूल बेच्ने यूवतीको भूमिका निर्वाह गरेकी छिन् । यस्तै, अनुपबिक्रम पशुपति मन्दिरमा पुजापाठ गर्ने पण्डित बनेका छन् । चलचित्र फागुन २५ गते बाट सार्बजनिक प्रदर्शनीमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.