नेपाली ठिटो सुनिलको ‘चि मुसी चि’ मार्फत ठुलो पर्दामा डेब्यु


सेलिब्रेटी नेपाल काठमाडौँ

दुइ दर्जन भन्दा धेरै म्युजिक भिडियो ठुलो पर्दा चलचित्रमा कोरियोग्राफी तथा दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेका सुनिल क्षेत्री अब ठुलो पर्दामा डेब्यु गर्ने भएका छन् डान्स ईन्डिया डान्स जस्तो चर्चित रियालिटी शोमा सहभागी भई नेपालमा नेपाली ठिटो नामक डान्स समुह खोलेका सुनिल क्षेत्रीले बलिउड फिल्म ह्याप्पी न्यु इयरमा समेत काम गरि सकेका छन् । सिल्भर लेक पिक्चरको प्रस्तुतीमा श्रीप्सन मुभिजसँगको सहकार्य बन्न लागेको चलचित्र ‘चि मुसी चि’ मा क्षेत्रि संग नव नायिकाको रुपमा अलिशा शर्माले स्क्रिन शेयर गर्नेछिन् । अलिशा पनि कुशल नृत्यांगना हुन् ।

‘चि मुसी चि’लाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गर्नेछन् । चलचित्रमा सुनिल र अलिशासँगै कमली वाइवा, सुशान्त कार्की, सुशान्त बस्याल, शिवराज कार्की र रश्मी भट्टको अभिनय रहनेछ । महेश्वर खत्री र सुवास भुर्तेलको संयुत्त लगानी रहेको चि मुसी चि मा शिवराज कार्की कार्यकारी निर्माता, अरुण गुरुङ र अनिल श्रेष्ठ सह निर्माताको रुपमा रहेको छ ।

चलचित्रमा शब्द तथा संगीत सुरज अधिकारीको रहनेछ भने कोरियोग्राफी सुनिल र बिक्रम स्वाँरले गर्नेछन् । चलचित्रमा बासु न्यौपानेको छायाँकन र द्धन्द्ध निर्देशन अष्ट महर्जनको रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.