स्कटल्याण्ड पुगेर जानी नजानी अनमोल र अदितिको रोमान्स (फोटो फिचर)


सेलिब्रेटी नेपाल काठमाडौँ

आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृ’ अभिनेता अनमोल के.सी. र अभिनेत्री अदिति बुढाथोकी स्कटल्याण्डमा रोमान्टिक बनेका तस्वीरहरु सार्वजनिक भएका छन् । चलचित्रको ‘मैले जानी नजानी’ बोलको गीत स्कटल्याण्डमा तीन दिन लगाएर सुटिङ गरी नेपाल फर्किएको निर्माण टोलीले गीतका केही फोटोहरु सार्वजनिक गरेका हुन् ।

गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत रहेको छ । गीतको भिडियोमा अनमोल र अदितिलाई फिचरिङ गरिएको छ । स्कटल्याण्डका सुन्दर लोकेशनमा खिचिएका गीतका तस्बिर हेर्दा आकर्षक लाग्छन् ।एक दर्जनको टिम स्कटल्याण्ड पुगेर यो गीतको भिडियो खिचिएको हो । सुरेन्द्र पौडेलले चलचित्रको निर्देशन गरेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको यो गीतको भिडियोलाई विक्रम लामा र एन्जिलिना खत्रीले कोरियोग्राफी गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.