प्रियाले जितिन ‘ग्ल्यामर फेसेज वर्ल्ड’को उपाधि


सेलिब्रेटी नेपाल काठमाडौँ
मोडल/कोरियोग्राफर तथा टेलीभिजन कर्मी प्रिया रानी लामाले ग्ल्यामर फेसेज वर्ल्ड नेपाल२०१८ को ताज जितेकी छिन। द मेक अप स्टूडियो नेपालले आयोजना गरेको सौन्दर्य प्रतिस्पर्धा जितेकी प्रिया आउँदो मार्च ११ मा जर्मनीको बर्लिनमा आयोजना हुने;ग्ल्यामर फेशेज वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुनेछिन।

मिस पूर्बान्चल २०१० मा फस्ट रनर अप भएपछि बिभिन्न ब्यूटि पेजेन्टको कोरियोग्राफी,उद्घोषण र नेपाल वन टि भी मा कार्यक्रम संचालन गर्दै आएकी प्रिया आफ्नो अनुभवले अन्तराष्ट्रियो प्रतियोगिता जित्ने बिश्वाशमा छिन।उनी भन्छिन ‘ग्ल्यामर फेशेज वर्ल्ड जित्न अहिले देखीनै तयारी गरिरहेकी छु’ प्रिया उक्त प्रतियोगीता जितेर आफ्नो लगायत देशको नाम चिनाउने कुरामा बिश्वस्त छिन।