नाकाको डन बनेका बिपिनको फरक लुक्स ‘नाका’ ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेता विपिन कार्की स्टारर चलचित्र ‘नाका’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । नेपाल र चीन जोड्ने तातोपानी नाकामा हुने अवैध व्यापार र गुण्डागर्दीको कथा बोल्ने यस चलचित्रमा विपिनसँगै रविन तामाङ, थिन्ले लाम्हो , शिव मुखिया, प्रकाश गन्दर्भ, सुजन थापा मगर, राम भजन कमत, अभिषेक सुवेदी, केशव राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अमित श्रेष्ठको लेखन र निर्देशन रहेको चलचित्रमा अभिषेक सुवेदीको पटकथा रहेको छ । चलचित्रलाई प्रविन टक्की कार्कीले निर्माण गरेका हुन् भने शिशिर गुरुङ र निर्देशक श्रेष्ठ चलचित्रको कार्यकारी निर्मातामा रहेका छन् । चिन्तन राज भण्डारीले छायांकन गरेको चलचित्र फागुन १७ गते राजधानी बाहिर र फागुन १८ गते राजधानी भित्र प्रदर्शनमा आउने भएको छ । कार्यक्रममा ट्रेलर रिलिज सँगै चलचित्रको प्रमोशनका लागि एक मोवाइल गेम समेत निर्माण गरिएको जानकारी दिइयो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.