शाहरूख खानका छोरा धुम–४ मार्फत बलिउड फिल्ममा प्रवेश गर्दै


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

लन्डनमा फिल्मसम्बन्धी अध्ययन गरिरहेका बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान पनि अब बलिउड फिल्ममा आउने भएका छन् । आर्यन खान नायकका रूपमा फिल्म ‘धुम–४’मा देखीने भएका हुन्। यसअघि फिल्म निर्माणमा आफ्ना बुबा शाहरूख खानलाई सघाउँदै आएका उनले केही सर्ट फिल्मको सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् । यसका लागि यशराज फिल्म्सले शाहरूखसँग अनुमति पनि लिइसकेको छ । केही महिनामा नै आफ्नो पढाइ सकेर आर्यन मुम्बई फर्कनेछन् ।

अहिले धुम–४ को स्क्रिप्टको काम हुँदै छ । निर्माता उदय चोपडाका अनुसार यसै वर्ष फिल्म धुम–४ को निर्माण हुनेछ । अघिल्ला सिक्वेलका केही कलाकार यसमा रहनेछन् भने केहि नयाँको इन्ट्री पनि हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.