‘लम्फु’का चार गीत सार्वजनिक ! अर्जुनका गीतले फेरी पाउलान चर्चा ?


सेलिब्रेटी नेपाल काठमाडौँ

२०७५ बैशाख २८ मा रिलीज हुने तयारीमा रहेको चलचित्र ‘लम्फु’का चार अडियो गीतहरु सार्वजनीक गरिएका छन । सार्वजनीक चारवटै गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । भने, गायक गायिका प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, सुरेश लामा र अप्सरा घिमिरेले स्वर दिएका छन ।

‘सँगै जिउने सँगै मर्ने’, ‘तिम्लाई भुलेर’, ‘दोधार दोधारमा’ र ‘सुको छैन यार’ बोलका गीत ‘लम्फू’मा समावेश छन् । चलचित्र भित्र मायाप्रेम रोमान्स, वियोग तथा युवा अवस्थाको जीन्दगीलाई गीतद्वारा संगीतकारले प्रस्तुत गरेका छन् । गोपालचन्द्र लामिछाने निर्देशित चलचित्र ‘लम्फू’बाट कबिर खड्काले डेब्यू गरेका छन् । कबिर सहित यो चलचित्रमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

‘लम्फू’ले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । यो चलचित्र समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउछ भन्ने कथामा बनेको निर्देशक लामिछानेले बताए । ‘लम्फू’लाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन् । चलचित्रमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’मा सम्पादन हरि सिलवालको रहेको छ ।