‘शत्रु गते’मा मदनकृष्णले दिए आवाज


सेलिब्रेटी नेपाल काठमाडौँ

९ चैत्रबाट प्रदर्शनमा आउने चलचित्र ‘शत्रु गते’को अन्तिम प्राबिधिक कार्यमा रहेको छ । चलचित्रका लागि कलाकार मदनकृष्ण श्रेष्ठले शुक्रबार आफ्नो भागको डबिङ सकाए । अहिले कलाकार किरण केसीले डबिङ गरिरहेका छन् । पलशाह, दीपाश्री निरौला, आँचल शर्मा, प्रियंका कार्की, शिव हरि पौडेल र दीपकराज गिरी लगायतले डबिङ सकाउन बाकी रहेको छ ।

हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको चलचित्रमा कार्यकारी निर्माता किरण केसी हुन् । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल चलचित्रका निर्माता हुन् ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेलसँंगै पल शाह र आँचल शर्माको जोडीको समेत अभिनय देख्न सकिन्छ । दीर्घ गुरुङको छायांकन, कविराज गहतराजको नृत्य र राजन राज सिवाकोटीको गीत तथा संगीत रहेको चलचित्र महसञ्चारको ब्यनारमा निर्माण गरिएको हो । चलचित्रमा प्रदीप भट्टराइको निर्देशन रहेको छ ।