‘एउटा यस्तो प्रेम कहानी’ मा नायिका प्रियंकाको इन्ट्री


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेता शिब श्रेष्ठले निर्माण गर्न लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा नायिका प्रियंका कार्कीको पनि अभिनय रहने पक्का भएको छ। दिपेश सापकोटाको निर्देशनमा बन्न लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा नायिका बर्षा राउत र उनका प्रेमी संजोग कोइराला फाइनल भएपछि चर्चामा रहेको यो चलचित्रमा नायिका प्रियंका कार्कीलाई निर्माणपक्षले आइतबार मात्र फाइनल गरेको हो ।

चलचित्रमा कलाकार किरण केसी र नायक दीलिप रायमाझी पनि फाइनल भएका छन् । संगीतकारका रुपमा बसन्त सापकोटापछि अर्जुन पोखरेल फाइनल भएका छन् भने कोरियोग्राफरमा कविराज गहतराज रहने भएका छन् । चलचित्रमा यशोधा राई र दिनेश दर्शनधारी निर्माताको रुपमा रहेका छन् । फागुन बाट चलचित्र छायांकनमा जाने लभ स्टोरी चलचित्र नारीप्रधान कथामा बन्न लागेको निर्देशक सापकोटाले जानकारी गराए ।