नारी प्रधान कथा ‘पटुकी’ चल्नेमा ढुक्क रजनी


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र पटुकी माघ १९ गते बाट सार्बजनिक प्रदर्शनीमा आउने भएको छ । नायिका रजनी केसी चलचित्र ‘पटुकी’ बाट निकै उत्साहित छिन् । चलचित्र ‘परदेशी’ पछि उनी अभिनित कुनै पनि चलचित्रले ब्यबसायिक सफलता पाएको छैन ‘पटुकी’ बाट भने रजनी सफलता पाउनेमा ढुक्क छिन् ।

‘पटुकी मेरा लागि ‘परदेशी’ पछिको आश लागेको चलचित्र हो चलचित्रमा मैले आफ्नो भूमिका पनि खोजे जस्तै पाएकी छु,’ उनले शनिवार पत्रकारमाझ भनिन्,‘। चलचित्र युनिटले शनिबार पत्रकार भेटघाट कार्यक्रम राखेर चलचित्रको बारेमा थप जानकारी गराएको छ ।

चलचित्रका कलाकार तथा निर्माता म्याक्टेन कालुले चलचित्रले नारीप्रधान कथालाई समेटेकोले दर्शकले रुचाउने विश्वास व्यक्त गरे । ‘दर्शकले हाँसोसँगै सामाजिक सन्देश पनि पाउनुहुनेछ,’ उनले शनिवार पत्रकारमाझ भने,‘चलचित्रले हामीले देख्दै आएका समाजका विविध विषयलाई नारीवादी दृष्टिकोणबाट हेरेको छ ।’ यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेका नवनायक जेम्स विसीले आफूहरुले सोचे अनुसार चलचित्र बनेकोले दर्शकले मनपराउने दाबी गरे । उनले एक्सन, रोमान्स, विछोड, रोदनका कथा रुचाउने दर्शकका लागि चलचित्र ‘पटुकी’ राम्रो रहेको बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.