‘फेस अफ मारवाडी’मा पुर्ब मिस नेपाल माल्भिका


सेलिब्रेटी नेपाल काठमाडौँ

पूर्व मिस नेपाल माल्भिका सुब्बाले मारवाडी युवा–युवतीको प्रतिभा निखार्ने भएकी छन् । उनले ‘फेस अफ मारवाडी’ प्रतियोगितामार्फत उनीहरुको प्रतिभा निखार्ने भएकी हुन् । पेजथ्री हट कल्चरले मारवाडी समुदायको युवायुवतीको व्यक्तित्व विकास गरि मारवाडी कला संस्कृतिलाई जगेर्ना गर्दै विकास र विस्तार गर्ने उदेश्यका साथ मारवाडी समुदाय लक्षित सौन्दर्य प्रतियोगिता ‘फेस अफ मारवाडी’ आयोजना गर्ने भएको छ । जसको कोरियोग्राफरमा पूर्व मिस नेपालसमेत रहेकी माल्भिका फाइनल भएकी छन् ।

आयोजक पेजथ्री हट कल्चरले बिहीबार एक विज्ञप्ती जारी गर्दै ‘फेस अफ मारवाडी’को आवेदन खुल्ला भएको जानकारी गराएको हो । १६ देखि २८ वर्ष उमेर समूहका मारवाडी युवा युवतीले प्रतियोगिताका लागि आवेदन दिन सक्नेछन् । पेजथ्री हट कल्चरको कार्यालय नक्साल तथा सिटीसेन्टरबाट आवेदन फर्म उपलब्ध हुने आयोजक पक्षले जनाएको छ ।

प्रतियोगिताको पहिलो चरणको अडिसन आगामी १७ फेब्रुअरीदेखि ३ मार्चसँग हुनेछ । पहिलो चरणको अडिसन काठमाडौ, विराटनगर, बीरगञ्ज, बिर्तामोड लगायतका स्थानमा हुने आयोजकले जनाएको छ ।