चलचित्रको ब्यापार बढी भएको समाचार नलेख्न चलचित्र संघको आग्रह


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाल चलचित्र संघको ४५ औं बार्षिक साधारण सभा आगामी चैत्र ६ गते बुटवलमा सम्पन्न हुने भएको छ । बुधवार चलचित्र संघको केन्द्रिय कार्यलय विशालनगरमा बसेको कार्यसमिती बैठकले ४५ औँ साधारण सभा बुटवलमा गर्ने निर्णय सर्वसम्मतले पारित गर्दै कार्य समिती सदस्य कपिल प्रसाद द्धाको संयोजकत्वमा साधारण सभालाई सभ्य र भव्य बनाउनको लागी ७ सदस्यीय साधारण सभा तयारी समिती गठन गरिएको छ ।

यस्तै बुधवार बसेको कार्यसमिती बैठकले अहिले हरेक सिनेमाले अत्याधिक रुपमा ब्यापार भएको गलत समाचार सम्प्रेषण प्रति संघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । अहिले सञ्चार माध्यमका समाचार सम्प्रेषण भए अनुरुप नेपाली सिनेमाको व्यापार नभएको निस्कर्ष निकालेको छ । अब देखि यस्ता किसिमका अनर्गल प्रचार प्रसारले नेपाली सिनेमा क्षेत्रलाई प्रतिकुल असर पर्ने भन्दै आज देखि यस्ता किसिमका अनर्गल प्रचार प्रसार नगरी सिनेमाको सत्य तथ्य र यथार्थपरक ब्यापारिक रिर्पोट मात्रै सञ्चार माध्यममा सम्प्रेण गरि दिन चलचित्र संघका वितरक सदस्यहरुलाई अनुरोध गरेको संघका अध्यक्ष प्रदिप कुमार उदयले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.