कर्मासंग पन्चेबाजा सौगातसंग रोमान्स पन्चेबाजा ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

सौगात मल्ल.कर्मा,बुद्धि र जस्मिनको मुख्य भूमिका रहेको चलचित्र ‘पन्चेबाजा’को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गरेर चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो कार्यक्रममा चलचित्रका मुख्य कलाकारद्वय सौगात मल्ल, कर्मा, बुद्दी तामाङ, जस्मिन श्रेठ लगायतले पत्रकार संग भलाकुसारी पनि गरेका थिए ।

सामाजिक कथामा निर्माण भएको चलचित्रको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन् भने, घनश्याम लामिछानेले ‘पन्चेबाजा’ निर्देशन गरेका हुन् । चलचित्रमा सौगात मल्ल.कर्मा,बुद्धि र जस्मिनको अलावा सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, बिमला गिरी, राजेश शाही, युवराज भण्डारी, तेज गिरी लगायतको कलाकारको मुख्य अभिनय रहेको छ ।

न्यु भेनस फिल्मस्को व्यानरमा निर्मित चलचित्रमा राजेश शाहीको लगानी रहेको छ । सारा गुरुङ सहनिर्माता रहेको चलचित्रमा हरि घले लामाको छायाँकन, दिर्घ खड्काको सम्पादन, कालीप्रसाद बाँस्कोटा/बिकाश चौधरीको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ ।