दुइ निर्देशकको गरुड पुराणमा प्रियंका,कामेश्वर र कर्मा


सेलिब्रेटी नेपाल काठमाडौँ

नयाँ नेपाली चलचित्र गरुड पुराण बन्ने भएको छ राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्रको घोषणा गरिएको हो आगामी बिहिबार बाट नै चलचित्रको छायांकन सुरु हुने छ चलचित्रको सम्पूर्ण छायांकन काठमाडौँमा नै गरिने छ सुबास पराजुली र सुसन प्रजापतिले संयुक्त निर्देशन गर्ने चलचित्रमा कामेश्वर चौरसिया, कर्मा, प्रविन खतिवडा, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, लुभिना तुलाधर, प्रकाश घिमिरे, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहनेछ ।

कसम नेपालको कथा रहेको ‘गरुड पुराण’मा आकाश बराल, विनोद खतिवडा, सुवास कोइरालाको पटकथा र आकाश बरालको संवाद रहनेछ । अजित प्रजापति निर्माता रहेको चलचित्र अजित फिल्मस् र अशोक गौतम फिल्मस्को व्यानरमा निर्माण हुनेछ । सिनेमाको सहनिर्मातामा अशोक गौतम रहेका छन् ।काठमाडौँ र आसपासका क्षेत्रमा छायाँकन हुने चलचित्रलाई निर्देशक सुशनले नै खिच्नेछन् । चलचित्रमा उज्जल ढकालको सम्पादन रहनेछ ।