कान्छी बनेकी स्वेता यस्तो बनेर आइन ! कान्छी ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

स्वेता खड्का निर्मित तथा अभिनित चलचित्र ‘कान्छी’को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्बजनिक गरिएको हो ट्रेलरले चलचित्र गाउँले परिवेशमा निर्माण गरिएको आभास दिलाउछ ।

यम थापाको कथालाइ आकाश अधिकारीले निर्देशन गरेका हुन् चलचित्रमा दयाहाङ र श्वेताका अलावा कामेश्वर चौरसिया, आशान्त शर्मा, निर शाह, अनु शाह, प्रज्वल सुजल गिरी, बिनोद न्यौपाने, भूमिका श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्तांगमा चलचित्रको सम्पूर्ण छायांकन गरिएको छ चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । यसअघि रिलिज भएका ‘कान्छी’का दुई गीत दर्शक माँझ लोकप्रिय भई सकेका छन् । काया फिल्मस्को व्यानरमा निर्मित चलचित्रमा राजनराज सिवाकोटी/अर्जुन पोखरेल शम्भुजित बास्कोटाको संगीत, बनिष शाह/भुपेन्द्र अधिकारीको सम्पादन, हिमाल केसीको एक्सन, बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.