सीतारामको फिल्मी शैलीमा “स्वार्थ तिम्रो रहुन्जेल”


सेलिब्रेटी नेपाल काठमाडौँ

खोटांगमा जन्मिएर बिराटनगर लाई कर्म थलो बनाएका गायक गीतकार तथा समाजसेवी सिताराम पोखरेल बिगत ३० बर्ष देखि नेपाली गीत संगीतमा सक्रिय रहेका छन् । पोखरेलले दुइ सय भन्दा बढी गीतमा आफ्नो आवाज दीइ सकेका छन् । गायक पोखरेलको छ वटा सोलो एल्बम सार्बजनिक भई सकेका छन् । २०४४ सालमा रेडियो नेपाल बाट स्वर परिक्षा पास गरेर गीत रेकर्ड सुरु गरेका गायकको आखाँको नानि,आज पनि तिम्रो बाटो,तिमि आऊ मेरो नजिक,मेरो तोलाको लगाएतका गीत चर्चित छन् ।

उनै गायकको नयाँ गीतको भिडियो तयार भएको छ । करणराज कार्कीको संगीत तथा रमेश अधिकारीको शब्द रहेको गीतको भिडियो लाई जनक दीप पराजुलीले निर्देशन गरेका छन् भने भिडियो लाई अर्जुन तिवारीले छायांकन र निशान घिमिरेले सम्पादन गरेका छन् । अब छिट्टै सार्बजनिक हुने भिडियोलाई निर्देशक जनक दीपले फिल्मी शैलीमा र छुट्टै कन्सेप्टमा बनाएका छन् । भिडियोमा अनु शाह,सुबास पराजुली र सिताराम पोखरेलको समेत अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.