केकिले निर्माण गरेको ‘कोहलपुर एक्सप्रेस’ पहिलो गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेत्री केकी अधिकारीको निर्माणमा बनेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत भिडियो सार्बजनिक गरिएको छ बसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसरमा आफ्नो पहिलो लगानीमा निर्माण भएको ‘कोहलपुर एक्सप्रेस’बाट यो गीत सार्वजनिक गरेकी हुन् । विवाहको थिममा तयार गरिएको यो गीतमा संगीतकार राजनराज शिवाकोटीको शब्द, संगीत तथा स्वर समावेश छ । गायनमा राजनराजलाई मेलिना राईले साथ दिएकी छन् । गम्भीर विष्टले कोरियोग्राफी गरेको गीतमा रीमा विश्वकर्मा, गम्भीर विष्ट, विनोद न्यौपाने र स्वयम् केकीले कम्मर मर्काएका छन् ।

हाल पोस्ट-प्रोडक्सनमा रहेको ‘कोहलपुर एक्सप्रेस’लाई निर्देशक विशाल भण्डारीले निर्देशन गरेका हुन् । चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.