बिपना पुन कलिउडमा देखिने तयारीमा



सेलीब्रेटी नेपाल माघ २० गते-विवाह गरेपछि चलचित्र क्षेत्रबाट टाढिएकी पुरानी नायिका विपना थापाले आफू पुनः चलचित्रमा कमब्याक गर्न तयार रहेको बताएकी छिन्। विवाहपछि भारतको उत्तर प्रदेशस्थित मथुरा राज्यमा छोराको स्याहार-सुसारमा व्यस्त बिपनाले कमब्याकका लागि काँचको पर्दा अर्थात् टे लिभिजन रोज्न सक्ने बताइन्छ। बिपनाले यदि कुनै निर्माता राम्रो कन्सेप्ट लिएर आएको खण्डमा आफू चलचित्रमा अभिनय गर्न समेत तयार रहेको बताएकी हुन्। चलचित्र क्षेत्रको औधी माया लाग्ने कुरा बताउँदै बिपनाले तत्काललाई भने एक्सन कटमा र्फकने सम्भावना भने कमै भएको बताइन्। अहिले आफ्नो पूर्ण समय छोरालाई दिइरहेको बताउँदै बिपनाले छोरा ठूलो भएपछि यदि कुनै राम्रा निर्माता-निर्देशकले चलचित्रमा अभिनय गर्ने प्रस्ताव गरेमा नाइँ भन्दिन भनेकी छिन्। करिब ६ वर्षअघि आफ्नो अन्तिम चलचित्र ‘कुरुक्षेत्र’ मा कामगरेपछि डा. आशुतोष भारद्धाजसँग विवाह गरेर बिपना त्यसपछि कुनै पनि चलचित्रमा देखिएकी छैनन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.